नवलपरासी, २९ जेठ । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी प्रदेश नं ५ को सरकारले पश्चिम नवलपरासीमा रहेका विभिन्न धार्मिक ऐतिहासिक र पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिएको छ ।
सुन्दर प्रदेशको चिनारी रहेको प्रदेश नं ५ भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीकै परिचयबाट विश्वप्रसिद्ध छ । यसै प्रदेशअन्तर्गत पर्ने एक महत्वपूर्ण जिल्ला हो पश्चिम नवलपरासी । प्रदेश नं ५ को प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय दृटिकोणले सबैका लागि सबल गन्तव्य मानिन्छ । जिल्लामा भगवान् गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप, बुद्धको मावलीस्थल पण्डितपुर, बौद्धकालीन कोलवृक्ष, बुद्धकालीन ताल र बुद्धमङ्गल ताललगायतका स्थल रहेका छन् । सो स्थलमा पर्यटकलाई आकर्षण गर्ने गरी प्रचारप्रसार, एवं प्रवद्र्धनात्मक काम गर्ने योजना रहेको प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भैतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।
गौतमबुद्धको आठ स्थानमा राखिएका अस्तुधातुमध्ये रामग्राम स्तुप पनि एक हो । बगैँचा र माटोको ठूलो ढिस्कोमा रहेको रुखसँगै प्राकृतिक मनोरम वातावरणभित्र स्थापित यो स्तुप संसारभरि बस्ने बौद्धमार्गी एवं बुद्धप्रति आस्था र विश्वास राख्ने करोडाँै भक्तजनको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो ।
लुम्बिनी भ्रमण वर्षलाई सघाउ पु¥याउन रामग्राम नगरपालिकाले पनि ‘रामग्राम र पण्डितपुर जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी पर्यटक भित्र्याउने कार्ययोजना बनाएर काम अघि बढाएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
लुम्बिनीपछिको बौद्धसँगसम्बन्धित महत्वपूर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरलाई आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा लिन सकिन्छ । यस क्षेत्रलाई विकास गर्न सके नेपालले पर्यटकीय विकासमा फड्को मार्न सक्ने सङ्घीय सांसद देवेन्द्रराज कँडेलको भनाइ छ ।
पश्चिम नवलपरासी जिल्ला धार्मिक पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थलको रुपमा विश्वसामु परिचित छ । लुम्बिनी शहर रामग्राम र पण्डितपुरको विकासमा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी शम्भु उपाध्यायको माग छ । प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ अभियान चलाइरहँदा पश्चिम नवलपरासीमा रहेका महत्वपूर्ण पर्यटकीयस्थलको पनि विकास हुन जरुरी देखिन्छ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१