पोखरा, २६ जेठ । नेत्र विक्रम चन्द (विप्लव) समूह कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ( आक्रोश) सहित १८ जना नेता कार्यकर्तालाई कास्की प्रहरीले शनिवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकको उरीबाट पक्राउ गरेको छ ।
कास्कीको दुर्गम गाउँ घान्द्रुकको उरी स्थित आमा समूहको भवनमा वैठक वसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आइतबार विहान पोखरा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गणेश सुवेदीले कास्की प्रहरीको हिरासतमा राखिएका उनीहरुमाथि थप अनुसन्धान र कुन मुद्दा लगाउने भन्ने वारेमा छलफल भइरहेको बताए ।
नेत्र विक्रम चन्द जिल्ला कमिटि कास्कीका इन्चार्ज रुपेशले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै १८ जना नभई आफ्ना २२ जना कार्यकर्तालाई पक्राउ गरेको जनाएका छन् । कास्की जिल्लाको घान्द्रुक स्थित उरीमा आमा समूहको भवनमा वैठक वसिरहेको अवस्थामा प्रहरीले घेराहाली पक्राउ गरेको दावि विप्लव माओवादीले गरेको छ ।
रुपेशका अनुसार गिरफ्तार पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूह कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) अनेरास्ववियू (क्रान्तिकारीका) का केन्द्रीय सदस्य एवं गण्डकी व्यूरो संयोजक मिलन राई, विद्यार्थी संगठनका कास्की अध्यक्ष काजी गुरुङ, प्रकाश वास्तोला, लगायत २२ जना रहेका छन् ।
संविधानले नै निर्धारण गरेको परिधि भित्र रहेर आफ्नो संगठनको वैठक वसिरहेको अवस्थामा गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र गिरफ्तार सवैलाई तुरन्त निः शर्त रिहाई गर्न माग समेत विप्लव समूहले गरेको छ ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१