अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारलाई उत्तेजित नबनाउन आग्रह गरेका छन्। बजारलाई गिराउने प्रवृत्ति व्याप्त भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा शेयर बजार घट्नुपर्ने कुनै कारण नभएको बताए।
धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव उद्घाटन मन्तव्य राख्दै मन्त्री खतिवडाले कम्पनीहरुले राम्रो नाफा कमाइरहेको र अर्थतन्त्रका परिसूचकसमेत सकारात्मक रहँदारहँदै बजार घट्नुपर्ने कुनै कारण नभएको बताए। अधिकांश बैंक नाफामा र देशको आर्थिक वृद्धिदर समेत ७ प्रतिशत माथि रहँदा त्यस्तो प्रवृत्ति शेयर बजारमा पनि प्रतिविम्बित हुनुपर्ने भनाइ उनले राखे।
उनले बजारलाई उत्तेजित बनाउने र गिराउने प्रवृत्ति निरुत्साहित गर्दै त्यस्ता तत्वको विषयमा नियामक निकाय धितोपत्र बोर्ड चनाखो हुनुपर्ने सुझाव राखे।
पुँजीगत लाभकर घटाउने लगायत धेरै सकारात्मक कुराहरु पुँजीबजारका सम्बन्धमा बजेटमा समेटेको उल्लेख गर्दै उनले अब धेरै द्विविधाग्रस्त हुनुपर्ने अवस्था नरहेको भनाइ राखे। ‘वित्तीय औजारलाई करको विशेष सुविधा दिइने भनिएको छ। अब धितोपत्र बजारलाई सघन बनाउने हो, धेरैभन्दा धेरैको सहभागिता जुटाउने हो, ’ मन्त्री खतिवडाले थपे।
अर्थमन्त्री खतिवडाले शेयर बजारमा धेरैभन्दा धेरै महिला सहभागिता बनाउन उनीहरुका लागि आरक्षणको व्यवस्था गर्नसमेत धितोपत्र बोर्डलाई निर्देशन दिए। सम्पत्तिमा महिलाको हक कायम गराउन घरजग्गा रजिष्ट्रेसन पासमा महिलालाई शुरुमा १० प्रतिशत छुट दिइएको र अहिले त्यसको अनुपात बढेर २५ प्रतिशत पुगेको पुगेको भन्दै खतिवडाले महिलाका लागि आरक्षण दिन बोर्डले गृहकार्य अगाडि बढाओस्।
मन्त्री खतिवडाका अनुसार धितोपत्र बोर्ड राष्ट्रबैंकको छायामा पर्दै आएको र राष्ट्रबैंकबाट तयार हुने मौद्रिक नीतिको प्रभाव बजारमा समेत पर्ने गरेको अनुभव सुनाए। यस्तो प्रवृत्ति अन्त्यका लागि नियामक निकाय स्वतन्त्र र स्वायत्त हुनुपर्ने सुझाव उनले राखे।
उनले बैंकिङ तरलता बढ्दा शेयर बजार माथि जाने, घट्दा ओह्रालो लाग्ने अभ्यास नै गलत रहेको जिकिर गर्दै थपे ‘यस्तो हुनुहुँदैन। मौद्रिक नीतिको प्रभाव बजारमा पर्नु नै हुँदैन। ’
तरलता संरचना र ब्याजदर कारणले समेत बजारमा प्रभाव परिरहेको विश्लेषण गर्दै उनले रिटर्नको संरचना, ब्याजदर र लाभांशबीचको अन्तर र तुलनात्मक अवस्था पुँजीबजारको सन्दर्भमा महत्वपूर्ण पक्ष रहेको बताए। ‘ब्याजदर अस्वभाविक रुपमा माथि गयो भने धितोपत्र बजारमा के हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौं, ’ अर्थमन्त्री खतिवडाले भने।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१