भारतका १५ औँ प्रधानमन्त्री मोदीको शपथग्रहण

रासस
जेठ १७, २०७६
modi

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार शपथग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई शपथग्रहण गराउनुभएको हो।

हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नुभएको हो। प्रधानमन्त्रीका रूपमा ६८ वर्षीय मोदीको यो दोस्रो कार्यकाल हो।

शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए। विश्वका विभिन्न देशका नेताहरूलाई आमन्त्रण गनेर्क्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त शपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नुभएको थियो। बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन्।

यस पटकको शपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायतलगायत देशका विभिन्न पार्टीका नेताहरूलाई पनि बोलाइएको थियो। सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्योभन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो। कूल ५४३ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनले ३५३ सिट जित्न सफल भएको छ। प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width