बाल पोषण सुधारका लागि उन्नत जातका कुखुराका चल्ला वितरण

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
maxresdefault (1)

लमजुङ, ७ जेठ । लमजुङमा बाल पोषण सुधारका लागि उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको छ ।

मातृ तथा बाल पोषण सुधार गर्ने उद्धेश्यले जिल्लाको राइनास नगरपालिकाको पशुपंक्षी शाखाले धमिलिकुवा र चक्रतीर्थका कृषकलाई उन्नत जातका कुखुरको चल्ला वितरण गरेको हो ।

राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले चल्ला बितरण गर्दै वितरित कुखुराका चल्लाहरूले धेरै अण्डा दिने उन्नत प्रजातिका भएको र मातृ तथा बाल पोषण सुधारमा अण्डाको नियमित सेवन अत्यन्त महत्वपूर्ण हुने बताए ।

नगरपालिकाको धमीलीकुवा र चक्रतीर्थमा बसोबास गर्ने ६६ घरपरिवारलाइ व्ल्याक अस्ट्रालोप्स र न्यू ह्याम्पसायर प्रजातिका एक हजार वटा उन्नत जातका कुखुराका चल्ला बितरण गरेका राइनास नगरपालिकाका भेटनरी शाखा प्रमुख शिवबाबु देवकोटाले बताए । उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा कुखुराको चल्ला वितरण गरिएको हो ।

नगरपालीकाले पोषण सुधारको लागी गर्भवती, सुत्केरी र कृषकहरूलाई उन्नतजातका कुखुराको चल्ला बितरण कार्य गरेको हो । कुखुराहरूमा पछि कुनै संक्रमण तथा रोग लागीहालेमा भेटनरीमा सम्पर्क गर्न अथवा नजिकको एग्रोभेटसंग समन्वय गरी उपाचार गर्न भेटनरी शाखा प्रमुख देवकोटाले आग्रह गरे ।

कार्यक्रममा आर सी डि सी÷सुआहाराका फिल्ड सुपरिवेक्षक प्रमिला चिलवाल र स्थानीय ग्रामिण नमुना कृषक जुना कंडेलले तथ्यांक संकलन देखि वितरण प्रक्रियाबारे सहजिकरण गरेका थिए । अनुदानमा उन्नतजातका चल्ला पाएपछि स्थानीय खुसी भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width