पोखरा, ११ पुस। बाह्रबीसे पैंगीलामा परिवार पोखराले २६ औं वार्षिक भोज कार्यक्रम गरेको छ । सो अवसरमा चेलीबेटी, ज्वाइँचेला तथा भाञ्जाभाञ्जीलाई भोज खुवाएर प्रेहेकै गर्यो ।
कार्यक्रममा करिब १ हजार ४ सय जनाको उपस्थिति रहेको परिवार सचिव स.ई. कमल गुरुङले जानकारी दिए। कार्यक्रममा परिवारका निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङ, क्या. डम्बरबहादुर गुरुङ, क्या. पदमबहादुर गुरुङ, सु.दलमान गुरुङ, स्व. ढकबहादुर गुरुङका धर्मपत्नी अञ्जु गुरुङ र धनबहादुर गुरुङलाई परिवारको समितिमा योगदान पुर्याएकोमा सम्मान गरियो । सम्मानस्वरुप उनीहरुलाई चाँदीको खुकुरी प्रदान गरिएको थियो।
त्यस्तै, सिभिल इञ्जिनियर अञ्जली गुरुङ, पोखरा नर्सिङ क्याम्पसका सह–प्राध्यापक विष्णु गुरुङ, एसइईमा ३.२५ जीपीएसहित उत्तीर्ण श्रेया गुरुङलाई बाह्रबीसे पैंगीलामा पोखरा–२०७५ द्वारा सम्मान गरियो।
त्यसैगरी, उच्च शिक्षा स्व. हर्क गुरुङ स्मृति पुरस्कारबाट सिभिल ईञ्जिनियर कृपण गुरुङ र नर्सिङ उत्तीर्ण लक्ष्मी गुरुङलाई मायाको चिनो प्रेmमभित्रको करुवासहित सम्मान गरियो। एसइई उत्तीर्ण श्रेया गुरुङ, उमङ्ग गुरुङ र उपकार गुरुङलाई मायाको चिनो दिइयो ।
कार्यक्रममा परिवारका प्रमुख सल्लाहकार लालकाजी गुरुङ, नेपाल पैंगीलामा केन्द्रीय कार्यसमिति अध्यक्ष क्या. डम्बरसिंह गुरुङ, महालक्ष्मी पैंगीलामा एकता परिवार अध्यक्ष देवीराज तमु, लिङ्कन कलेजका निदेर्शक शेरबहादुर गुरुङ र बाह्रबीसे पैंगीलामा परिवार, आर्थर अध्यक्ष चन्द्रसूर्य गुरुङ लगायतले बोलेका थिए। बाह्रबीसे पैंगीलामा परिवार पोखरा अध्यक्ष गोपालबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ना.सु. कुलबहादुर गुरुङले स्वागत र सचिव स.ई. कमल गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०