विपद् व्यवस्थापन अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५

पोखरा, ३ साउन। गण्डकी बहिरा संघले विपद् व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।

सुस्तश्रवणका लागि आयोजित कार्यक्रममा ४० जना सहभागी थिए। कार्यक्रममा पोखरा महानगरपालिकाले गण्डकी बहिरा संघलाई एक थान ल्यापटप प्रदान गरेको छ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसिका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले ल्यापटप हस्तान्तरण गरेका थिए।

कार्यक्रममा उनले अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल रेडक्रस सोसाइटी कास्कीका  देवनारायण पौडेलले जुनसुकै बेला विपद् निम्तन सक्ने भएकाले सजग रहनुपर्ने आवश्यकता औल्याए। गण्डकी बहिरा संघका अध्यक्ष जमानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमिला थकालीले स्वागत र अञ्जना गुरुङले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा दोभाषे रुद्र पहारीले सहजीकरण गरेका थिए।

पोखरा महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कास्कीले कार्यक्रमलाई सहयोग पुर्‍याएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width