Worldlink ads

एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट र मणिपाल सिटि एण्ड गिल्सबीच सम्झौता

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५
37080569_10209119327020466_3129173645558022144_n

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा ९, महेन्द्रपुलमा रहेको एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि र मणिपाल सिटि एण्ड गिल्सबीच सर्म्बर्द्धन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापछि लाखौ रुपैयाँ खर्च गरेर विदेशमा महँगो शुल्क तिरेर पढ्न जानुपर्ने बाध्यता अन्त्य हुने र नेपालमा नै अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहित होटलसम्बन्धी विभिन्न तालिम प्रदान गरिने एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिका संचालक मुकेश कुमार गुरुङले जानकारी दिए ।  विगत १ सय ४० वर्षदेखि बेलायत लगायत विश्वका १ सय ३८ वटा देशमा आफ्नो शाखा विस्तार गरी सेवा दिँदै आएको र सम्झौतापत्रमा हस्ताक्षर भएपछि होटल म्यानेजमेन्टको क्षेत्रमा पोखराले पनि नयाँ फड्को मार्ने मणिपाल सिटि एण्ड गिल्सका दक्षिण एसिया निर्देशक जैन चौहानको भनाइ छ ।

एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिले होटल म्यानेजमेन्टसम्बन्धी सिटि एण्ड गिल्सको तह-३ सम्म आफ्नो सेवा प्रदान गर्ने छ ।

अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम समावेश गरिएको यस तालिम पश्चात देश/विदेशमा रोजगारीको अवसर मिल्नुको साथै स्वरोजगारको लागि पनि टेवा पुग्ने बताइएको छ ।

अष्टे्रलिया, न्यूजिल्यान्ड, यूरोप लगायत ८० वटा देशमा विद्यार्थीले तह ३ पछि उच्च शिक्षाको लागि आवेदन भर्न पाउने छन् ।

नेपालमा विकासको लहर चलिरहेको अवस्थामा एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिले नेपालमै युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहितको तालिम दिएर होटल व्यवसाय क्षेत्रमा नयाँ आयाम थप्ने प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads