पोखरा, ९ वैशाख । प्रदेश ४ की उपसभामुख सिर्जना शर्मा आर्थिक स्थिति कमजोर रहेको दलित परिवारका एक बालकको अभिभावक बनेकी छन् । धादिङ घर भई हाल पोखरा घारीपाटन बस्ने कुशल बि.क.को अभिभावकत्व ग्रहण गर्दै उपसभामुख शर्माले ती बालकलाई आइतबार मासबारस्थित श्रीकृष्ण मावि कक्षा ४ मा भर्ना गराएकी हुन् ।
कुशलका बाबु कृष्ण बि.क. उपचार क्रममा आइसियुमा छन् भने आमा कुमारी बि.क. मजदूरी गर्दै छोराछोरी पाल्दै आएकी छन् । अन्तरजातीय विवाह गरेको बिक दम्पत्ति लामो समयदेखि पोखरामा ज्याला मजदुरी गर्दै आएको पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले जानकारी दिए । बिक दम्पत्तिको एक छोरी दृष्टिविहीन छन् ।
विद्यालयमा आयोजित कार्यक्रममा उपसभामुख शर्माले आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको सो परिवारमा कुशलको थप अध्ययन अन्यौलमा रहेको अवस्थामा यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यालय भर्ना अभियानसँसगै कुशलको अभिभावक रहे पनि त्यस भन्दामाथि आफू आमासमान रहेर उनले जति पढ्न सक्छन् त्यसको सम्पूर्ण आर्थिक व्यवभार आफूले बेहोर्नेसमेत घोषणा गरिन् ।
गहभरी आँसु लिँदै आमा कुमारीले छोरी अपांगता भएर पढ्न जान नसक्ने र छोरालाई पढाउन नसकेर बोर्र्डिङबाट निकालेको अवस्थामा आज भगवान् भेटेजस्तो भएको बताइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रअ केदारनाथ अधिकारी, वडा अध्यक्ष रामचन्द्र बराल, एमाले वडा अध्यक्ष पुरुषोत्तम रेग्मी, वडा सदस्य किशोर बराल, प्रभा पन्त लगायतले उपसभामुखको सहयोग कार्यको प्रशंसा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१