प्रधानमन्त्रीसँग बजेट माग

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
gorkha pm

पोखरा । गोरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न योजनामा साढे ३ अर्बभन्दा बढीको बजेट मागेको छ । उनीहरु योजनाको पोको लिएर सिंहदरबार पुगेका थिए ।

महत्वपूर्ण १९ योजनामा ३ अर्ब ६० करोडको माग गरिएको हो । छेपेटारमा बहुउद्देश्यीय ताल निर्माण गर्न ५० करोड, ठूलो आगन क्षेत्रमा सम्पदा बस्ती निर्माण गर्न ५० करोड, एकीकरणदेखि शान्ति प्रक्रियासम्म जोड्ने संग्रहालय बनाउन २० करोड, बसपार्कदेखि खोलखोलेसम्म अत्याधुनिक फुटपाथ बनाउन २० करोड, बेनिखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि १० करोड, शिखरबेंसी ताल निर्माण गर्न ५० करोडको प्रस्ताव गरिएको छ । स्रोत सुनिश्चित नहुँदा रोकिएका विभिन्न योजनाहरुमा पनि बजेट मागिएको छ ।

गोरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रचण्डलाई भेटेरै विभिन्न योजनामा साढे ३ अर्बभन्दा बढीको बजेट मागेका हुन्

९० करोडको गोरखा सदरमुकामको ढल व्यवस्थापन, १७ करोड दरौंदी लिफ्टिङ योजनाका लागि स्रोत सुनिश्चित गरिदिन माग गरिएको हो । यस्तै, आहालेदेखि आमडाँडा हुँदै लुँदीखोला पुग्ने सडक बनाउन ५ करोड, गोरखा नगरपालिका गेटबाट क्लव भवन हुँदै १३ किलो जोड्ने सडक कालोपत्रे गर्न ७ करोड, चुच्चेढुंगादेखि गोरखा क्याम्पस हुँदै छेपेटार जोड्ने सडक कालोपत्रे गर्न १५ करोड बजेट मागेका छन् । रवर उद्योगबाट गोप्लिङ हुँदै मस्र्याङ्दी कोरिडोर कालोपत्रे गर्न २० करोड, गरापानीदेखि पुतली बगैंचा सडक कालोपत्रे गर्न ५ करोड, विष्णुपहरादेखि कोखे आहाले सडक स्तरोन्नती गर्न ५ करोड, गोरखा क्याम्पसदेखि डेरागाउँ सडक कालोपत्रे गर्न १५ करोड, विरेनचोकदेखि स्याउली जाने सडक स्तरोन्नती गर्न ८ करोड, पालुङटारको विर्दीदेखि १० किलो हुँदै मनकामना सडक कालोपत्रे गर्न १० करोड माग गरिएको उपमेयर मसलीमाया थोकर (सपना पुन) ले जानकारी दिइन् ।

उनका अनुसार नयाँबजारदेखि छेपेटार सडक कालोपत्रे गर्न २० करोड, कोखे आहालेदेखि निवेल जोड्ने सडकलाई १० करोड, पैरेनी खोलादेखि बर भञ्ज्याङ सडकलाई १० करोड, देउरालीबाट घलान हुँदै बेनिखोला सडकमा १० करोड तथा अजिंगरेबाट सिमलथुम्की हुँदै एक्लेचौतारा सडक कालोपत्रे गर्न १० करोड मागिएको छ । नगरपालिकाले राखेको मागप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएका मेयर कृष्ण रानाले बताए । ‘हाम्रा समस्या र योजनाबारे जानकारी गरायौं । सबै उहाँले ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक हुनुभएको छ,’ उनले भने, ‘राम्रै सम्बोधन हुने विश्वास हामीले लिएका छौं ।’ अधिकांश योजना प्रचण्डले चुनावका बेलामा पनि प्रतिबद्धता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width