पोखरा पर्यटकीय राजधानी घोषणा आज, निश्चित क्षेत्र रातैभरि खुल्ने

विजय नेपाल
चैत्र ४, २०८०
pokhara view

पोखरा । अन्ततः पोखरालाई आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदैछ । फेवाताल किनार वाराहीघाटमा आयोजना हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्दैछन् । त्यसका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आवश्यक तयारी पूरा गरेको जनाएका छन् ।
पोखरा पर्यटकीय राजधानी घोषणासँगै यहाँ घुम्न आउने पर्यटक लक्षित गरी रातैभरि पोखरा खुलाउनेबारे पनि तयारी भएको छ । सुरुआतमा प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडसहित चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, बिरौटा, राष्ट्र बैंक चोक, लगायतका रात्रिकालीनसहित अन्य व्यवसायहरु पनि खोल्ने अनुमति दिइने तयारी छ । त्यसका लागि भने विभिन्न मापदण्ड पूरा गर्नुपर्नेछ । सुरक्षा समिति र सम्बद्ध सबै निकायको बैठकले पहिलो चरणमा लागु गर्ने गरी राति १ बजेसम्म र रातभर खोल्ने गरी कार्यविधि बनाएको छ ।

त्यसो त गएको २२ कात्तिकमा उच्च अदालत पोखराले लेकसाइडलाई चौबिसै घण्टा खुला गर्नका लागि कुनै पनि अवरोध नपु¥याउन अन्तरिम आदेश दिएको थियो । प्रहरीले ९ नबज्दै आफ्नो पसल बन्द गर्न आएपछि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित लेकसाइडकी देवीकुमारी बरालले निषेधायुक्त परमादेशको रिट दायर गरेकामा तत्कालीन कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले उक्त आदेश दिएको थियो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा २५ मा ठमेल, दरबारमार्ग, लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था छ । तर, निर्वाधरुपमा रात्रिकालीन व्यापार व्यवसाय सञ्चालनमा सुरक्षाको कारण देखाउँदै प्रहरी अवरोध हुँदै आएकोमा पर्यटन व्यवसायीको चिन्ता थियो ।

‘त्यसबेलाको आदेश कुनै व्यक्तिविशेषको नाममा थियो,’ शनिबार सुरक्षा समिति बैठकको निर्णयबारे जानकारी दिँदै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘अब पर्यटकीय राजधानी घोषणासँगै पोखरालाई रातैभर खुलाउनेबारे पनि घोषणा गर्नेछौं ।’ उनका अनुसार सुरुमा लेकसाइडसहित महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्र बैंक चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुला राख्ने निर्णय भएको छ । त्यस क्षेत्रका व्यावसायिक फर्मलाई रात्रिकालीन तथा पूर्णकालीन रुपमा सञ्चालन गर्न दिने उनले बताए । त्यसका लागि आवश्यक मापदण्ड भने पूरा गर्नुपर्ने छ । मापदण्ड आइतबारै घोषणा हुनेछ ।
गृह मन्त्रालयले २४ सै घण्टा खुला राख्न लागि केही मापदण्ड निर्धारण गरेको उल्लेख गर्दै उक्त मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिए । मापदण्ड पूरा गर्ने व्यावसायिक फर्मलाई आवश्यक सुरक्षा प्रबन्ध प्रशासनले मिलाउने उनले बताए । ‘मानौं खाद्यान्न पसल, खाजा, खाना खुवाउने रेष्टुरेन्ट लगायतले मापदण्ड पूरा गरी राति १ बजेसम्म सञ्चालन गर्छौ भनी निवेदन दिन आए सञ्चालनको अनुमति दिनेछौं,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रजिअ क्षेत्रीले भने ।

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानी घोषणासँगै पोखरा चौबिसै घण्टा खोल्न दिने तयारीले आपूmहरु उत्साहित भएको बताउँछन् ।

पोखरा चिनाउनेलाई सम्मान
पोखराको चिनारी फैलाउन मद्दत गर्ने ३ जना अग्रज व्यक्तिहरुलाई आइतबार सम्मान गरिँदैछ । सम्मानित हुनेमा प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्राडा मुकुन्दशरण उपाध्याय छन् । यस्तै, भूगोलविद् डा. हर्क गुरुङ र ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’…..गीतका गायक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिनेछ ।
पर्यटकीय राजधानी घोषणाको तयारीबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो कुरा जनाएका हुन् । उनले पर्यटकीय राजधानी घोषणासँगै पोखरासहित समग्र गण्डकी प्रदेश पर्यटनको हव बन्ने, पर्यटकीय गन्तव्य थपिने र पूर्वाधार निर्माणमा लगानी थपिने विश्वास गरे ।

समारोहमा वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठ, ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ का गायक प्रमोद खरेल, कलाकार प्रकाश सपूत, गायक धर्मेन्द्र सेवानसहित गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

समारोहअघि बसुन्धरापार्कदेखि विभिन्न झाँकी, बाजागाजासहित ¥याली निकालिने छ ।

पर्यटकीय राजधानी घोषणा समारोहका लागि लेकसाइडलाई सिँगारिएको छ । कार्यक्रम सफल पार्न पोखराका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो । नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ४० प्रतिशत यहाँ आउने अनुमान छ ।

पर्यटकीय आकर्षणहरु, पर्यटकीय गतिविधि, पहुँच, आवास, पर्यटकीय सेवासुविधा, सेवा प्रदायक तथा कानुनी संरचनाले भरिपूर्ण भएकोले विश्वको कुनै पनि गन्तव्यभन्दा पोखरा कम छैन । संसारभरका पर्यटकको रोजाइको यो सहर आफैंमा पर्यटनको हव हो ।

Related News

सम्बन्धित समाचार

  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width