रुपाताल किनारमा सिष्टेनी मेला

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
sesteni mela

लेखनाथ ।  कास्कीको तेस्रो ठुलो ताल रुपाताल किनारमा नयाँ वर्ष अवसरमा सिस्ठेनी मेला हुने भएको छ । आगामी वैशाख २ देखि ५ गतेसम्म पोखरा ३२, रुपाताल छेउमा छैटौं संस्करणको सो मेला हुन लागेको हो ।

करिब ६ सय वर्षदेखि सुरु भएको उक्त मेला समयानुकूल परिस्कृत गर्दै स्थानीय रुपा युवा क्लब र अन्य सामाजिक संघसंस्थाको सहकार्यमा निरन्तरता दिइएको क्लबका अध्यक्ष नमराज खड्काले बताए ।

छेलो हान्ने प्रतियोगिताका रुपमा ख्याति कमाएको मेलामा साहित्य, कला, संस्कृति, धर्मको जागरण गर्ने, रुपाताल वरिपरिको क्षेत्रमा विकासका लागि पहल गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लगायतका उद्देश्यले मेलाको आयोजना गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धीरजकुमार श्रेष्ठले बताए । परापूर्वकालदेखि नै चैतेदसंै, रामनवमी अवसरमा लाग्ने मेलाले यस क्षेत्रको चिनारी, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।’

मेलामा खुला भलिबल, महिला/पुरुष रस्साकसी, छेलो प्रतियोगिता हुने खड्काले बताए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । महिला/पुुरुष रस्साकसी प्रतियोगिता र छेलोमा पहिलो हुनेले ५/५ हजार रुपैयाँ पाउने छन् ।

मेलामा प्रायोजक तथा सहयोगबाट करिब २० लाख आम्दानी हुने र करिब १ लाख बचत हुने अनुमान आयोजकको छ । मेला सम्पन्न गर्न विभिन्न १६ उपसमिति गठन गरिएको छ । ४ दिनसम्म चल्ने मेलाबाट करिब ५० हजार दर्शक भित्राउने लक्ष्य छ ।

मेलाबारे जानकारी आयोतिज कार्यक्रममा क्लब सल्लाहकार बैकुण्ठराज अधिकारीले सिस्ठेनी मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराए । अर्का सल्लाहकार ज्ञानेन्द्रराज सुवेदी, नरबहादुर गुरुङ, सीतादेवी अधिकारी, सदस्य ढकबहादुर थापा लगायतले परापूर्वकालदेखि चल्दै आएको सिस्ठेनी मेलालाई निरन्तरता दिँदै यसको ऐतिहासिक पक्षबारे जानकारी दिन प्रचारप्रसारको आवश्यकता औंल्याए ।

क्लब अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव प्रवीण अधिकारी र धन्यवाद ज्ञापन मेला आयोजक समितिका संयोजक सागर श्रेष्ठले गरेका थिए । मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width