नेशनल क्रियसनमा आँखा शिविर

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०

पोखरा । नेशनल क्रियसन एकेडेमीमा आँखा शिविर कार्यक्रम गरेको छ ।

नागढुंगास्थित स्कुलमा आइतबार आयोजित शिविरमा विद्यार्थी, अभिभावक र शिक्षक गरी ५ सय ६१ जना लाभान्वित भए ।

प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले शिविरले विद्यार्थीको स्वास्थ्यमा समेत विद्यालय सचेत रहेको छ भन्ने सन्देश प्रवाह भएको बताए । उनले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमित आयोजना गरिने जनाए ।

शिविरमा हिमालयन आँखा हस्पिटलका ५ जना स्वास्थ्यकर्मी संलग्न टिमले उपचार गरेको विद्यालयका सिसिए इन्चार्ज सुदामा रेग्मीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width