समाजसेवी जमिर हुसेनको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २६, २०८०
help 25
पोखरा । मुस्लिम समुदायको महान् संस्कृति एक महिने रमदान (ब्रत) मा सहयोग पुर्‍याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रालितर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।
रुपा गाउँपालिका वडा ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम समाजमा सहयोग गरिएको बताउँदै समाजसेवी हुसेनले यस किसिमको सहयोग आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width