माधव नेपालको पार्टी पनि सरकारमा जाने, २ मन्त्री पक्का

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
CPN-US

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी  एमाले र मा‌ओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने भएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्रीले राष्ट्रपति कार्यालयमा बुधबार शपथ लिने भएका छन्।

नेकपा एकीकृत समाजवादीको केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय पाउने भएको हो। यद्यपि एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक भइसकेको छैन।

बुधबार एमाले, माओवादी, रास्वपा र नेकपा समाजवादीका मन्त्रीहरुले शपथ लिने भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width