गण्डकीमा पाण्डे सरकारलाई  माओवादीको समर्थन फिर्ता

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
hari chuman

पोखरा । नेकपा माओवादी (केन्द्र) ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलको बैठकपछि आजै माओवादीले  समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता गराएको हो

बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको  थियो ।

मुख्यमन्त्री पाण्डेले माओवादीको तर्फबाट मन्त्री बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई हटाएका थिए। योसँगै पाण्डे सरकार अल्पमतमा परेको छ ।

अबको ३० दिनभित्र सरकारले सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि २०८० वैशाख १५ मा पाण्डेको नेतृत्वमा सरकार गठन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width