भानुभक्त आवासीय माविद्वारा अभिप्रेरणा कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
bhanu

पोखरा । भानुभक्त आवासीय मावि को ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले आफ्ना विद्यार्थी, शिक्षक एवं अभिभावकहरुका लागि अभिप्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । पहिलो दिन फागुन ८ गते जीवनशैलीविज्ञ रमण भट्टराईद्वारा विद्यालयका कक्षा नर्सरी देखि कक्षा १२ का विद्यार्थीहरु तथा शिक्षक, शिक्षिकाहरुलाई विद्यालयको सभाहलमा फरक फरक सत्रमा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति गरे ।

दोस्रो दिन पोखरा प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा जीवनशैली विज्ञ भट्टराईले शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुलाई शिक्षाको आवश्यकता र महŒव, लक्ष्य निर्धारण र हासिल गर्ने उपाय, शिक्षामा अभिभावक तथा विद्यालयको भूमिका, संस्थाप्रति अभिभावकको भूमिका, विद्यार्थीहरुमा सूचना प्रविधिको प्रभाव जस्ता विषयहरुमा प्रशिक्षण एवं उत्प्रेरणा प्रदान गरे ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ देवकोटा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रष्ठको उपस्थिति थियो ।

उक्त कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले विद्यालयलाई समग्र देशकै शैक्षिक इतिहासमा उत्कृष्ट पहिचान बनाउन सफल संस्थाको रुपमा स्थापित गराउन हालसम्म योगदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण विद्यालयमा सहप्राचार्य ज्ञानेन्द्र पौडेलले गरेका थिए । हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म करिब ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width