भद्रकाली माविको ७२ औं वार्षिकोत्सव, नेपाल भारत मैत्री भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
bhadrakali a

पोखरा । भद्रकाली माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं नेपाल भारत मैत्री भवन उद्घाटन कार्यक्रम बुधबार भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपाल भारत मैत्री भवनको उद्घाटन गरे । दूतावासको सवा करोड लागतमा उक्त भवन अलि पहिल्यै निर्माण सम्पन्न भएको थियो ।

पोखराका मेयर आचार्यले पछिल्लो समय सामुदायिक र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेको भन्दै शैक्षिक गुणस्तरसँगै भौतिक पूर्वाधार विकासमा महानगर लागिरहेको बताए । नेपालको शैक्षिक विकासका क्षेत्रमा भारत सरकारको सहयोग निरन्तर रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाइरहने विश्वास व्यक्त गरे ।

भद्रकाली विद्यालयले समग्र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनले आगामि दिनमा व्यावहारिक शिक्षालाई अझै जोड दिएर अगाडि बढ्न उनले सुझाव दिए ।
नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले पोखरामा आफूले पाएको स्वागतप्रति धन्यवाद् व्यक्त गर्दै गण्डकी प्रदेशका ५९ र कास्कीका ११ परियोजनाहरुमा भारत सरकारको सहयोग रहेको बताए । नेपालको समग्र विकासमा भारतको सहयोग निरन्तर रहने उनले प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक यदुराज पंगेनीले स्वागतका साथै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

विद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रअ, पूर्व शिक्षकका साथै समाजसेवीलाई कार्यक्रमका बीच सम्मान गरिएको सहायक प्रधानाध्यापक लोकचन्द्र खनालले बताए । विद्यालयमा स्थापित ४० भन्दा बढी अक्षयकोशबाट उत्कृष्ट एवं जेहेन्दार छात्रछात्रालाई पुरस्कार समेत उक्त अवसरमा प्रदान गरिएको छ ।

विसं २००८ स्थानीय ढेवाजु परिवारले उपलव्ध गराएको ४५ रोपनी जमिनमा विद्यालय स्थापना भएर सञ्चालन हुँदै आएको छ । विद्यालय परिसरमा संस्थापकद्वय टेकबहादुर ढेवाजु र कृष्णबहादुर ढेवाजुको प्रतिमा समेत निर्माण गरिएको छ । हाल उक्त विद्यालयमा पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म गरी २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास समिति, पूर्व गाेर्खा सैनिक, अभिभावक लगायतको उल्लेख्य उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width