सिर्जना बहिरा आवासीय मावि ३६ वर्षमा

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
Srijana Deaf School

लेखनाथ । २०४४ सालमा २ जना शिक्षक र ७ जना विद्यार्थीबाट सुरु गरेको सिर्जना बहिरा आवासीय माविमा अहिले २ सय २५ जना विद्यार्थी, २३ शिक्षक र १० जना कर्मचारी छन् ।

सो समयमा पृथ्वीचोकको टेलर्समा बसेर भएको कुराकानीलाई संस्थापक शिक्षक सूर्यमोहन बराल र स्व. ओम शेरचनले बहिरा विद्यार्थीका लागि कल्पना गरेको विद्यालयले अहिले सार्थक रुप लिएको हो । पोखरा २६ अर्घौंमा करिब ५ रोपनीमा ३ पक्की भवनका १५ वटा कोठासहितको विद्यालयमा ४४ जिल्लाका १ सय ५३ जना विद्यार्थीले आवासीयरुपमा शिक्षा लिँदै आएका छन् ।

२०५४ सालमा निमावि, २०५७ सालमा मावि र २०६३ १० जोड २ कक्षा सञ्चालन गर्दै आएको सिर्जना बहिरा माविले मंगलबार ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै शिक्षा निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले पढाइ मात्र ठूलो कुरा नभई पढेपछि उनीहरूका लागि सिकाइ र के कस्तो छ भन्ने बारेमा विश्लेषण गरेर उनीहरुलाई हौसला प्रदान गर्नुु नै असल अभिभावक दायित्व हुने उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदी, लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कास्कीका अध्यक्ष दीपक थापालगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक सुनीलकुमार भण्डारीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै भावी योजनाबारे प्रष्ट्याए ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width