सृजनामा वार्षिक खेलकुद कार्यक्रम सुरु

आदर्श समाज सम्वाददाता
माघ २५, २०८०

पोखरा । सृजना मावि आयोजनामा नेपाल युवा रेडक्रस सर्कल सृजना आवासीय मावि सृजनाचोक पोखराको व्यवस्थापनमा ‘वार्षिक खेलकुद कार्यक्रम–२०८०’ प्रारम्भ भएको छ । बिहीबार प्रारम्भ भई शनिबारसम्म ३ दिवसीय रूपमा सञ्चालन हुने खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय निर्देशक सीता पाण्डेले गरिन् ।

विद्यालयका शैक्षिक विभाग प्रमुख इन्द्रकुमार श्रेष्ठ र खेल शिक्षक गोपाल थापाले संयुक्त रूपमा खेलाडी विद्यार्थीहरूलाई बल हस्तान्तरण गरी खेलकुद कार्यक्रमको सुरुवात गरेका थिए । पहिलो दिन विद्यालयको खेल मैदानमा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्राबीच तहगत रूपमा अन्तरसदनात्मक तथा खुला प्रतिस्पर्धात्मक गरी विभिन्न खेलहरू सम्पन्न भएका छन् ।

नर्सरीदेखि कक्षा ३ सम्मका लागि विविध ११ प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको विद्यालयकी प्राइमरी इन्चार्ज कुमारी भीम गुरुङले जानकारी दिइन् ।

त्यसैगरी, कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच छात्र÷छात्रा ह्याण्डबल, भलिबल र बास्केटबलका खेलहरू सम्पन्न भए ।

शुक्रबार एथलेटिक्स अन्तर्गतका १ देखि १२ सम्मका एथ्लेटिक्स अन्तर्गतका विविध खेलहरू पोखरा रंगशालामा सम्पन्न हुने तथा तेस्रो दिन विद्यालयको खेल मैदानमा नै फाइनल खेल सम्पन्न हुने मावि इन्चार्ज विष्णुप्रसाद सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width