मानव मिलन संस्थाको पाँचौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २३, २०८०
manav milan pic

पोखरा । मानव मिलन संस्था पोखराको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । संस्थाको नामअनुसारको सेवाका कार्यमा लागेको भन्दै उनले संस्थाका परिकल्पनाकार नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजले आफ्नो जन्मभूमिमा संस्था स्थापना गरी हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेको चर्चा गरे ।

सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजूले संस्थाले गरेका कार्यक्रमको प्रशंसा गर्दै सेवाका कार्यमा जुट्न हामी सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव मिलन संस्था अन्तर्राष्ट्रिय सचिव सावित्री शर्मा, मानव मिलन संस्था स्याङ्जाका संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, पोखराका संस्थापक अध्यक्ष रेशमराज सुवेदी, मानव अधिकार शान्ति समाज कास्कीका सभापति तीर्थ न्यौपाने, भिरकोट पोखरा सम्पर्क समाजका अधयक्ष श्याम रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सचिव पुष्पा शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कौशिल्या थापाले आर्थिक प्रतिवेदन, द्वितीय उपाध्यक्ष विष्णुहरि तिमिल्सनाले स्वागत र महासचिव शान्त लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width