इन्द्रराज्यलक्ष्मी माविको वार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
indra rajya laxmy school progrem photo

पोखरा । पोखरा–१६, लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको १ वर्ष पूरा भएको सन्दर्भमा समीक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिले यस अवधिमा गरेका काम तथा बैठकका निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गरेको हो ।

अध्यक्ष दिलबहादुर थापाले विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट भएर तनमनका साथ लाग्नुपर्नेमा जोड दिए ।

प्रअ केशवप्रसाद अम्गाईले समिति गठनपछि २४ नियमित तथा ५ विशेष गरी कुल २९ बैठक भएको जानकारी दिए । उनले बैठकका निर्णय कार्यान्वयन अवस्थाबारे ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा अनुगमन समिति संयोजक चित्रबहादुर थापाले विद्यालय व्यवस्थापन समिति मातहतका सम्पूर्ण समिति, विद्यालय प्रशासन, शिक्षक, कर्मचारी एक ढिक्का भएमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने औंल्याए ।

शिक्षक अभिभावक संघ अध्यक्ष राजकुमार क्षत्रीले विद्यालय अध्यक्ष थापालाई विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन हस्तान्तरण गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सहायक प्रअद्वय पूर्णभद्र अधिकारी (शैक्षिक) र बलबहादुर श्रेष्ठ (प्रशासनिक), सूचना अधिकारी सीता पौडेल लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width