माउन्ट अन्नपूर्णमा ‘प्रतिबद्धता’ प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
Awareness news (2)

पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरका विद्यार्थीबीच जनचेतनामूलक चलचित्र ‘प्रतिबद्धता’ प्रदर्शन गरिएको छ ।

एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ मूल उद्घोषका साथ पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघ अध्यक्ष विश्वमोहन गौचनले बताए ।

सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै ३ दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा

उल्लेख्य काम गरेको बताए । उनले संघको आयोजना र केन्द्रको सहआयोजनामा विभिन्न समयमा यसरी नै फिल्म प्रदर्शन हुँदै युवा पुस्तामा सचेतना फैलाउँदै आएकोसमेत बताए ।

विद्यालयका प्रअ सइन्द्र श्रेष्ठले विद्यार्थी भाइबहिनीले सामान्य ठानेका घटना तथा विषयवस्तुले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसबाट सचेत गराउन फिल्म उपयोगी रहेको धारणा राखे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका प्रहरी हवल्दार गौतमकुमार हायुले पछिल्लो समय बढ्दै गएको साइबर अपराधबारे विद्यार्थीलाई सचेतना गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width