जुनियर सिटिजन्स एकेडेमीमा फुटसल

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
jca footsal photo

पोखरा । पोखरा–२६, बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडेमी (जेसिए) मावि (प्लस टुतर्फ) अन्तरकक्षा सेक्सनस्तरीय फुटसल प्रतियोगिता भएको छ ।

प्रतियोगिता शुभारम्भ गर्दै प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले विद्यालयले पठनपाठन अलावा अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि रचनात्मक क्रियाकलापलाई प्राथमिकता दिँदै जाने बताए ।

विद्यालय निर्देशक मुकुन्द वस्तीले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने धारणा राख्दै विद्यार्थीलाई अनुशासनपूर्वक खेल कौसल प्रदर्शन गर्न आग्रह गरे ।

प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।

गत वर्ष हिसान फुटसलमा जेसिए कास्कीतर्फ विजेता तथा गण्डकीतर्फ उपविजेता बन्न सफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width