मसिना आविको ४१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
masina

पोखरा । मसिना आधारभूत विद्यालय पोखरा १४ को मंगलबार ४१ औं वार्षिकोत्सव, अभिभावक दिवस वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बोधबहादुर कार्की, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारी, वडा सदस्यहरु गोपालप्रसाद सापकोटा, कृष्णहरि काफ्ले, तनुजा थापा सिके र दिलमाया गुरुङ लगायतले बोलेका थिए । साथै, गोपालप्रसाद सापकोटा, थमनबहादुर गुरुङ, पोसबहादुर गुरुङ, खड्कबहादुर बिक, रामचन्द्र सुवेदी, मथुरा पौडेल, कमला परियार, सोमनाथ भण्डारी लगायतले बोले ।

निवृत्तभरण भएका शिक्षक लक्ष्मीदेवी अधिकारीलाई बिदाइ गर्नुको साथै बालहितकारी परियोजना नेपाललाई सम्मान गरिएको थियो । विद्यालयका दीर्घसेवा गर्ने प्रअ गोविन्दप्रसाद बराललाई पनि सम्माति भए ।

कार्यक्रममा निवृतिभरण शिक्षक लक्ष्मीदेवी अधिकारीले २५ हजार राशिको अक्षयकोष स्थापना गरेकी छन् । कार्यक्रमबीच विद्यालयका सम्पूर्ण शिक्षकहरु पठनपाठन थप ऊर्जा हुने उद्देश्यले दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रअ गोविन्दप्रसाद बरालले प्रस्तुत गरे ।

सो अवसरमा विद्यार्थीले विविध संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालय सहायक प्रअ पवित्रा अधिकारी राखेकी थिइन् । समापन विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगनाथ तिमिल्सेना गरे । कार्यक्रम सञ्चालन शिक्षक मीनबहादुर भट्टराई र प्रअ गोविन्दप्रसाद बरालको संयुक्त रुपमा सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width