विदेशी कलाकारद्वारा आकाशगंगा निर्माण

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
Bhumegangas

पोखरा । अन्नपूर्ण गाउँपालिका सुदामेस्थित भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् ।

हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेषखालको पेन्टिङ र रङको प्रयोग गरी चम्किरहेका ताराहरूको मनमोहक क्यानभास तयार गरेका छन् । रातमा विद्युतको प्रकाशले १५ सेकेन्डमै चार्ज हुने हुँदा शान्तिपूर्ण संगीतको माहोल बनाइ आरामदायी निद्रा र शान्तिपूर्ण सपनाका लागि वातावरण तयार गर्छ । विद्यार्थीका लागि यसले खगोलीय अनुभूति दिने छ । छाताघरलाई अलौकिक प्रकाशको साथले रमाइलो वातावरण प्रदान गर्ने कलाकारको धारणा छ ।

यो नेपालमै पहिलो पटक प्रयोग गरिएको स्थापत्य कला हो । यसबाट ३ देखि १३ वर्षसम्मका ८० जना विद्यार्थी लाभान्वित हुने छन् ।

अस्ट्रियाली कलाकार र नेपाली स्कुलबीच सहयोगले आकाशगंगा र पर्यावतरण जागरुकको महत्वलाई केन्द्रमा राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width