शोकमा रहेको पोखरेल परिवारमा राष्ट्रपति पौडेलको समवेदना

आदर्श समाज सम्वाददाता
माघ १५, २०८०
prez paudel

काठमाडौं । प्रजातन्त्र सेनानी द्रौपदा शर्मा पोखरेलको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन् । पौडेल सोमबार द्रौपदाको काठमाडौं रानीबारीस्थित निवासमा पुगेर परिवारजनामा समवेदना व्यक्त गरेका हुन् । उनले शोकपुस्तिकामा हस्ताक्षर गर्नुका साथै द्रौपदाको तस्बिरमा पुष्पार्पणसहित श्रद्धाञ्जली व्यक्त गरे । गोवद्र्धन शर्मालाई राजनीतिक उचाइमा पु¥याउन र छोराछोरीलाई समेत राजनीतिमा लाग्न प्रेरित गर्न आमा द्रौपदाको भूमिका प्रेरणादायी रहेको उनको भनाइ थियो ।

काखमा ४ महिनाको बालक रहेका बेला तत्कालीन सरकारले द्रौपदालाई तनहुँ अर्चलचौरबाट पक्राउ गरी पोखरा लगेर १९ दिनसम्म हिरासतमा राखेको उनले स्मरण गरे । यो घटना विसं २०१८ को सुरुआती अवस्थाको हो । राष्ट्रपति पौडेलले राणाकालदेखि गणतन्त्र स्थापनासम्मका लागि पोखरेल परिवारको योगदान अतुलनीय रहेको स्मरण गरे । पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्दा आफू कयौंपटक पोखरले परिवारको घर पुगेको पनि राष्ट्रपति पौडेलले बताए । घरसम्मै आएर समवेदन प्रकट गरेकामा राष्ट्रपति पौडेलप्रति द्रौपदाका जेठा छोरा रामचन्द्र पोखरेले बताए । यसअघि आइतबार राष्ट्रपति पौडेलकी छोरी अवज्ञा र प्रेस सल्लाहकार किरण पोखरेलले पोखरेल परिवारलाई भेटेर राष्ट्रपछिको शोकपत्र हस्तान्तरण गरेका थिए ।

प्रजातन्त्र सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा माघ ९ गते काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । तनहुँको म्याग्देमा जन्मिएकी द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदाले पटकपटक सामाजिक वहिस्कार समेत खेप्नु परेको थियो ।

२००७ सालको क्रान्तिअघि उनी स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन । पतिका नाममा तनहुँमा स्थापित गोवद्र्धन शर्मा स्मृति ट्रस्टको संस्थापक अध्यक्ष उनी हाल संरक्षक थिइन् । द्रौपदाका ४ भाइ छोरा र २ छोरी छन् । जेठा छोरा रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । जिल्ला विकास समिति तनहुँका पूर्व सभापति भइसकेका रामचन्द्रले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारी समेत निभाए । पूर्व मुख्यमन्त्री कृष्णचन्द्र द्रौपदाका माइला छोरा हुन् । साइँला छोरा डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कान्छा छोरा सुवासचन्द्र अमेरिका बस्ने भए पनि आमाकै सुसारकै लागि काठमाडौं थिए । द्रोपदाका २ छोरी सत्यम्वदा र प्रियम्वदा छन् ।

Related News

सम्बन्धित समाचार

  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width