यही संविधानले कसैको पनि बहुमत आउँदैनः देउवा

गठबन्धनबिना चुनाव जिताउन निर्देशन

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
Deuwa

पाेखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको संविधानले कसैको पनि बहुमत नआउने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानकै व्यवस्थाका कारण चुनावमा दलहरुबीच गठबन्धन गर्नुपरेको बताए । उनले गठबन्धनबिना पार्टीलाई जिताउने र बहुमत आउने अवस्था बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्‍यो नि,’ उनले भने, ‘गठबन्धन नगरिकनै जित्ने पार्टी बनाउनुस् न । गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि ! तर गर्ने के ? एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्‍यो भन्नुभयो, मैले फेरि ल्याएँ ।’ संसारभर सत्ताकै लागि निर्वाचन हुने भएकोले चुनाव जित्ने गरी लाग्नुपर्ने उनको तर्क छ ।

देउवाले नेपाली कांग्रेस मास बेस्ड पार्टी भएकोले खुला रुपमा सदस्यता वितरण गर्नुपर्ने बताए । ‘कांग्रेस मास बेस्ड पार्टी नै हो । हाम्रो दुईखाले सदस्यता छ । हामीले सुरुमै एउटै सदस्यता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तपाईंहरुको सुझाव राम्रो छ । महासमिति बैठकमा छलफल गर्छौं । यो गर्दा उचित हुन्छ, राम्रो हुन्छ ।’ सबैभन्दा ठूलो जनता भएकाले जनसेवामा खटिन सबैलाई उनले आग्रह गरे । ‘सबैभन्दा ठूलो कुरा जनता हो । जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले अघि भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

समानुपातिक समावेशी सिद्धान्त नेपालले अंगिकार गरेर विश्वलाई उदाहरण प्रश्तुत गरेको देउवाले बताए । ‘नेपाल सबैको देश हो । दलितको देश हो, महिलाको हो, जनजातिहरुको हो । सबैको देश भएको हुनाले सबैको सहभागिता हुन जरुरी छ,’ उनी अघि भन्छन्, ‘यो संविधानमा समावेशी समानुपातिक विषय राम्रो छ । भारतमा अहिले बल्ल ३३ प्रतिशत महिलालाई प्रतिनिधित्व गराउने कुरा छलफल भैरहेको छ । अरु देशमा पनि यो अवस्था छैन ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी जहाज आउजाउ गर्न नसक्ने बताए । पोखरा पर्यटनको राजधानी घोषणासँग जोडेर एयरपोर्ट सञ्चालन विषय उठाएका हुन् । ‘एयरपोर्ट नेपालको आन्तरिक हिसाबले नै चलाउने हो । नेपाली आन्तरिक जहाज उडाउनुपर्छ । विदेशी जहाज पोखरा आउन सक्दैन भन्छन्,’ उनले भने, ‘पोखरा पर्यटनको राजधानी नै हो । नेपालमा फेरि विदेशी पर्यटकको संख्या बढेको छ । रेमिट्यान्स आएको छ । नेपाल सम्पन्न हुँदै छ । पोखराको भविष्य राम्रो छ ।’ फेवाताल संरक्षणमा लाग्न उनले अपिल गरे । ‘ताल बचाउनुपर्छ । यो बचाए पो पर्यटक बढ्छन् । अझै सुन्दर पोखरा बनाउन सकेको खण्डमा पर्यटकहरु यहीँ आउँछन्,’ देउवाले भने ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width