तार्कुघाट युनेस्कोलाई राइनास फुटबल कप

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
rainaskots

लमजुङ । तेस्रो राइनास कप फुटबल प्रतियोगिताको उपाधि तार्कुघाट युनेस्कोले जितेको छ ।

गौलीटार क्षेत्रीय खेलमैदान समितिद्वारा राइनास–६ स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा सञ्चालित प्रतियोगिताको फाइनलमा वडा ७, रोयल फ्रेन्डसिप गरमबेसीलाई ट्राइबेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयसम्म कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको आयोजक समिति अध्यक्ष किरण श्रेष्ठले बताए । विजेतोले ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता रोयल फ्रेनसिपले १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

सेमिफाइनलसम्म पुग्न सफल २ टिम चेपे आदर्श युवा क्लब र कालिका युवा क्लबलाई नगद ३०/३० हजार पुरस्कार दिइएको छ ।

विजयीलाई प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला अध्यक्ष डा. टकराज गुरुङ, जिल्ला समन्वय समिति लमजुङ प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठ लगायतले संयुक्तरुपमा पुरस्कार वितरण गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार तार्कुघाट युनेस्को क्लबका सुमित श्रेष्ठ (८ गोल) ले पाएका छन् । श्रेष्ठलाई गोल्डेन बुट र ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

रोयल फ्रेनसीपका सन्तोष गुरुङले सर्वोत्कृष्ट खेलाडी र तार्कुघाट युनेस्कोका सन्तोष महतले उत्कृष्ट गोलरक्षकको उपाधि हात पार्न सफल भएको आयोजकको भनाइ छ । दुवैलाई जनही ७ हजार ५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको छ ।

माघेसंक्रान्ति अवसरमा तेस्रो राइनास कपको तेस्रो संस्करण आयोजना गरेको हो । माघ १ देखि सुरु प्रतियोगितामा लमजुङ, तनहुँ र गोरखा लगायत जिल्लाका १६ टिमले भाग लिएका थिए । मुख्य प्रयोजक तथा सहयोगी राइनास नगरपालिका थियो ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width