पोखरा ३३ मा भजनकीर्तन तालिम

आदर्श समाज सम्वाददाता
माघ ६, २०८०
pokhara 33

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भजनकीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजनकीर्तन तालिम आयोजना गरिएको वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए । ‘गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो,’ वडाध्यक्ष अधिकारीले भने, ‘अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।’ वडा नं. ३३ का गाउँ गाउँहरूमा भजन संस्कृतिको विकास गरिने उनले बताए ।

साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६, १७, १८ का विभिन्न स्थानहरूमा २०÷२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जना सहभागी थिए । एक हप्ते भजनकीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा सहभागीहरूलाई वडाध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरे । वडाध्यक्ष अधिकारीको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width