प्रगति स्कुलको वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
पौष २०, २०८०
pragati (3)

पोखरा । प्रगति बोर्डिङ स्कुलको खेलकुद दिवस २०८० शुक्रबार सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले पोखरामा नियमित खेलकुदका गतिविधि बढाउन आग्रह गरे ।

खेलकुदको जग भनेकै विद्यालय भएकोले उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी अहिले देखिनै खेलकुदका गतिविधि बढाउन सदस्य गुरुङको आग्रह थियो । कर्णाली प्रदेशमा आउँदो २०८१ को मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित खेलकुद गतिविधि बढाउनु पर्ने उनले बताए ।

पोखरा रंगशालामा निर्माण भएका खेल भौतिक संरचनाको संरक्षणसहित भरिपूर्ण रुपमा प्याब्सन, एन प्याब्सन, हिसान लगायतका संघ संस्थाहरुले उपयोग गर्न राखेप सदस्य गुरुङले आग्रह गरे ।

प्रगति स्कुलले ८ इभेन्टमा यस वर्ष विभिन्न खेलकुद समेटेको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुमन कार्की लगायतले बोलेका थिए । विद्यार्थीहरुको शैक्षिकसँगै खेलकुदको विकास गर्न पनि उक्त कार्यक्रम वार्षिक रुपमा गर्दै आएको विद्यालयका संस्थापक दिनेश श्रेष्ठले बताए ।

विद्यालयका ४ सदनबीच विभिन्न ८ विधामा खेल भएको प्लस टु संयोजक डोलराज अर्यालले बताए । मार्च पासमा अन्नपूर्ण समूह उत्कृष्ट भएको विद्यालयका शिक्षक शुक्रराज बरालले बताए । विद्यालयमा १ हजार १ सय ६२ विद्यार्थी अध्ययनरत छन् । प्रतियोगिताका विभिन्न खेलमा ५ सयभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग