करापुटार समाजको रक्तदान

आदर्श समाज सम्वाददाता
पौष १५, २०८०
Blood donation programmes

पोखरा । ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । पोखरा अमरसिंहचोकमा शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

वडाध्यक्ष बास्तोलाले इशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुखमा साथ दिन खोलिएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्नु प्रशंसनीय रहेको बताए । उनले संस्थालाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधै साथ रहने बताए ।

रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका –१२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका– ७ का पूर्व वडाअध्यक्ष गगन घिमिरे, कुुसुमाकर मावि करापुटारका प्रधानध्यापक ध्रुवराज घिमिरे लगायतको उपस्थिति थियो ।

ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सहसचिव एवं रक्तदान कार्यक्रमका संयोजक प्रल्हादचन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width