वडास्तरीय बुद्धिचालमा सापकोटा प्रथम

आदर्श समाज सम्वाददाता
पौष १५, २०८०
fulbari

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले पुसे पन्ध्रम तथा तमु ल्होछारका अवसरमा आइतबार बुद्धिचाल प्रतियोगिता गरेको छ । प्रतियोगितामा सक्षम सापकोटा, विकेक बास्तोला र अनमोल थापा क्रमश प्रथम, द्वितीय र तृतीय भए ।

उनीहरुलाई वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले मेडल, प्रमाणपत्र र नगद प्रदान गरे । प्रतियोगितामा ३८ जनाले सहभागिता जनाएको वडा सदस्य एवं कार्यक्रम संयोजक सुशील बास्तोलाले बताए । प्रतियोगितामा महिलातर्फ प्रथम हुनेलाई संयोजक बास्तोलाले प्रोत्साहस्वरुप नगद पुरस्कार उपलब्ध गराएका थिए ।

कार्यक्रममा वडाध्यक्ष कर्माचार्यले यस प्रकारका प्रतियोगितालाई वडाले प्रोत्साहत गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रम संयोजक बास्तोलाले बौद्धिक विकास साथै आपसी भाइचार विस्तारका लागि गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताए । प्रतियोगिताका लागि बुद्धिचाल संघ कास्कीले प्राविधिक सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग