नेपाल फिजिकल ट्रेनिङ एसोसियसनमा गोपाल

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
NPTA News

पोखरा । नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन् । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एसोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

१३ सदस्यीय कार्यसमिति रहेको एसोसियसनको उपाध्यक्षमा टेकबहादुर गुरुङ, सुमे शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भए । त्यसैगरी महासचिव हिमालय विक्रम लिम्बु, कोषाध्यक्ष केहरसिंह गुरुङ र सचिव बिमानसिं तामाङ निर्वाचित भए । एसोसियसनका सदस्यहरूमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गजबहादुर गुरुङ, निर्भीक सुनुवार र हरि थापा निर्वाचित भए ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । सो अवसरमा मगरले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको अधिवेशनबाट आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एसोसियसनमा आबद्ध सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिँदै संस्थाको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान एसोसियसनका निवर्तमान अध्यक्ष मीनबहादुर गुरुङ, संस्थाको संरक्षकहरू पर्वत राई, क्या. रामप्रसाद गुरुङ, यामबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width