अवैधरुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ वटा टिप्पर नियन्त्रण

आदर्श समाज सम्वाददाता
पौष ४, २०८०
Truck Niyantran Photo

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) बाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा प्रहरीले ५ वटा टिप्पर नियन्त्रणमा लिएको छ ।

एक्यापबाट ढुंगा, गिट्टी, बालुवा पोखरा ल्याउँदै गरेको अवस्थामा पोखरा १९ चितेपानीबाट ती ट्रिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ग १ ख १७८, ग १ क १५१४, ग २ ख ७७, ग १ ख ८४२९ टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनी टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जनकारी दिए ।

उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width