चरक हस्पिटद्वारा दृष्टिविहीनलाई सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८०
charak-annula-day-10

पोखरा । चरक मेमोरियल हस्पिटल प्रालिले विविधि कार्यक्रमका बीच ११ औं वार्षिकोत्सव मनाएको छ । हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे ।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेसन चिफ ठाकुरप्रसाद अधिकारीले पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेका अध्यक्ष अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लब अफ पोखरा माछापुच्छे« र लायन्स क्लब अफ पोखरा नर्सेसको सहकार्यमा कार्यक्रम भएको पिआरओ सोवित सुवेदीले जानकारी दिए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका एफडब्लूसी डिस्ट्रिक्ट कोओर्डिनेटर अर्जुन थापाले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष हेमा गुरुङले स्वागत मन्तव्य राखिन् ।

हस्पिटलले पोखरा महानगरपालिका वडा नं. २९, घोतघोतेमा रहेको दृष्टिविहीन निवासमा तिहारमा भएको भएको आगलागीबाट पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

हस्पिटल परिसरमै आयोजित कार्यक्रममा हस्पिटल प्रालिका अध्यक्ष रामचन्द्र रेग्मी, प्रवन्ध निर्देशक कपिल पोखरेलले अपांग मैत्री समाज, दृष्टिविहीन आश्रमका इञ्चार्ज सुशील गोदारलाई ६० हजार बराबरको सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

दृष्टिविहीनले विक्री गर्ने सामानहरु अगरबत्ती, कपुर, कलम, डायरी लगायतका सामानहरु हस्पिटलले सहयोग गरेको हो । गत कार्तिक २९ गते दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाखजतिको बिक्री सामान र ५ कोठे एक तले घर जलेर नष्ट भएको थियो । आश्रममा रहेका ३० जना अहिले पोखरा २६ स्थित नेत्रहीन कास्कीको कार्यालयमा बस्न बाध्य भएको गोदारले बताए । उनले हस्पिटलले सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

पोखरामा बिहीबार सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हस्पिटलले स्टल समेत राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा २ जना छनौट गरी फुल बडी चेकअप निःशुल्क गरिदिने कार्यालय प्रशासक प्रदीप शर्माले जानकारी दिए । यसैगरी, स्टल भिजिट गरी पर्चा लिएर हस्पिटल पुग्नेलाई माघ मसान्तसम्ममा १० प्रतिशत छुट दिने पनि हस्पिटलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width