दसैंतिहारमा कास्कीभर पोहोरभन्दा कम भए आपराधिक घटना, एक महिनामा १० घटना, १७ पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
1562768011kaski_police

पोखरा। दसैंतिहार बेलामा कास्कीमा घटेका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये सबैभन्दा बढी जुवातास खालबाट र लागुऔषध कारोबारमा संलग्न ६÷६ जना पक्राउ परेका छन् । तर, गत वर्षको तुलनामा जुवातास खालबाट कमै पक्राउ परेका हुन् ।

प्रहरीले गत असोज २९ देखि मंसिर ३ सम्म घटेका विभिन्न १० घटनाको विवरण सार्वजनिक गरेको हो । गत वर्ष दसैंतिहारको बेलामा भन्दा यसपालि आपराधिक क्रियाकलापमा भने कमी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले दाबी गरे । उनी भन्छन्, ‘आपराधिक क्रियाकलाप पनि कम भए होला वा सूचना कम आए अर्थात् सुरक्षा व्यवस्थामा पनि मजबुद भयो भन्ने बुझ्नुपर्ला ।’
गएको १ महिनामा घटेका घटनामध्ये गत असोज २९ मा लागु औषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका थिए । लेकसाइडमा जिना मेडिकल हल सञ्चालन गरी बस्ने वर्ष २८ का सविन चौधरीलाई प्रहरीले ८८ एम्पुल लागुऔषधसहित नियन्त्रणमा थिएको थियो ।

कात्तिक १४ मा वालिङ घर भई हाल पोखरा ७, माछापुच्छे« मार्ग बस्ने वर्ष २३ का किशोर गुरुङलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

यस्तै, गत कात्तिक १८ मा सेती खोंचमा खसेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । नयाँगाउँस्थित सेती नदीको किनारमा धाँजा फाटेको स्थानमा पर्वत फलेवास ३ घर भई पोखरा नयाँगाउँस्थित दाजुको डेरामा आई बसेका वर्ष १९ का सुदीप बिक उक्त दिन खोंचमा खसेका थिए । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट ७ जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं २४ गण हेक्वा कालिकाबाट ११ जनाको उद्धार टोली खटिई गई सकुशल उद्धार गरेको थियो ।

सोही दिन प्रहरीले मानवअधिकार चोकस्थित यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचना आधारमा ६ जुवाडेलाई करिब ४७ हजार नगदसहित पक्राउ परेको थियो ।
कात्तिक १९ मा प्रहरीले लागुऔषधसहित पोखरा १७, दोबिल्ला बस्ने वर्ष २१ का कौशल पुन मगर, सोही ठाउँका वर्ष २१ का प्रशान्त गुरुङ र पोखरा २१ कस्यारका वर्ष २१ का अनिष सुनारलाई पक्राउ गरेको छ ।

कात्तिक २२ मा बैंकको एटिएम फोर्दाफोर्दै प्रहरीले भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । सभागृहचोकस्थित नबिल बैंकको एटिएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले फलामको रड हान्ने क्रममा भारतको विहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढाकाबजार घर भई हाल पोखराको नयाँबजारमा बबि ठाकुर सैलुन पसलका संचालक वर्ष २० का बबि ठाकुरलाई पक्राउ गरिएको हो ।

कात्तिक २७ मा लुम्लेका ५७ वर्षीय जुमकाजी बिक पक्राउ परे । उनले स्थानीय श्रीराम देवकोटालाई हँसिया प्रहार गरी घाइते बनाएको भन्ने सूचना आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरी ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

यस्तै, आफ्नै बुवालाई खुर्पा प्रहार गरी फरार पोखरा १७, बिरौटा बस्ने वर्ष २२ का रविन क्षत्री प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनले कात्तिक २८ मा आफ्नै बाबु रामु क्षत्रीलाई खुर्पा प्रहार गरी घाइते बनाई फरार भएका थिए । घाइते रामुको सोही दिन चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, मंसिर ३ मा लागु औषध कारोबारमा संलग्न उदयपुर स्थायी घर भई हाल पोखरा फिर्के बस्ने वर्ष २३ का जीवन विक पक्राउ परे । अनुसन्धानका क्रममा कुँवरटोल बस्ने वर्ष २३ का प्रवीण पौडेल र न्युरोड बस्ने वर्ष २२ का कुशलविक्रम खाँण ठकुरी पनि लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसपालि जिल्ला प्रशासन कार्यालयले तिहारको बेलामा विभिन्न किसिमका पटका, आतसवाजी ओसारपसार तथा बिक्रीमा कडाइ ग¥यो । साथै लंगुरबुर्जा र खोरखोरे पनि खेल्न दिएन ।

जिल्ला प्रहरी र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा फरक फरक स्थानबाट ठूलो परिणाममा पटका, आतसवाजी नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width