लक्ष्मी आधारभूत पूर्व विद्यार्थी मञ्चमा छविराज

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
Paudur news

पोखरा । अन्नपूर्ण गाउँपालिका–३, पाउदुर मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयका पूर्व विद्यार्थीबीच पुनर्मिलन समारोह भएको छ ।

भेलाले छविराज पौडेलको नेतृत्वमा १३ सदस्यीय पूर्व विद्यार्थी मञ्च गठन गरेको छ । कार्यसमिति उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिव सन्देश पौडेल, सहसचिव लोकनाथ पौडेल र कोषाध्यक्ष परशुराम पौडेल (दीपक) छनोट भए । सदस्यमा शिवकुमार पौडेल, सञ्जिता पौडेल, उज्ज्वल पौडेल, ऋषिराम पौडेल, जतिन परियार, प्रेमप्रसाद अधिकारी, नारायणप्रसाद पौडेल (नयन) र दीपक भुजेल छन् ।

कार्यक्रमबीच वडा ३ अन्तर्गत आधारभूत तह विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएकोमा लक्ष्मी आविकी करिना पौडेल प्रथम भइन् । त्यस्तै पाउदुर आविकी पूजा विक द्वितीय, बालज्योति आविकी सविना अधिकारी तृतीय एवं बालमन्दिर माविका कुश पौडेल सान्त्वना भए ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेलले हालको समय डिजिटल भएकोले विद्यार्थीलाई प्रविधीमैत्री वातावरणमा अध्ययपन गराउनुपर्ने औंल्याए ।

त्यस अवसरमा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवर, शिक्षाप्रेमी भेषराज पौडेल, समाजसेवी कुलबहादुर गुरुङ (कुलु), वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेल लगायतले धारणा राख्दै हालसम्म विद्यालय अव्वल रहेको सुनाउँदै अझ उचाइमा पु¥याउन सबैको योगदान आवश्यक रहेको जनाए ।

पूर्व विद्यार्थी उज्ज्वल पौडेल, छविराज पौडेल, सन्देश पौडेल, लोकनाथ पौडेल, डा.लक्ष्मी पौडेल, कृष्णप्रसाद पौडेल लगायतले परालको थर्कटी, काठको मुढामा बसेर पठनपाठन गरेको स्मरण गर्दै प्राथमिक शिक्षाको जग बलियो भएमात्रै शैक्षिक भविष्य उज्ज्वल बन्ने स्पष्ट पारे । उनीहरुले विद्यालयको गरिमा बढाउन सक्ने सहयोग हरतरहबाट गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको उत्तरोतर प्रगतिको कामना गरे ।

कार्यक्रम संयोजक शिवकृष्ण पौडेलले नवगठित मञ्चलाई बधाई दिँदै आगामी दिनमा अझै बढी हातेमालो र सहकार्य गर्न सुझाव दिए ।

कार्यक्रमबीच पूर्व विद्यार्थी, विव्यस अध्यक्ष, पूर्व शिक्षकको अनुभव समेटिएको विद्यालयको इतिहास र वर्तमान अवस्था झल्काउने भिडियो डकुमेन्ट्री पनि देखाइयो । त्यस्तै अक्षयकोष दातालाई सम्मान र प्रमाणपत्र पनि प्रदान गरियो ।

विद्यालय अध्यक्ष डिलबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक प्रमिला बराल पौडेलले स्वागत, प्रअ टंकप्रसाद भण्डारीले विद्यालय प्रतिवेदन प्रस्तुत र शिक्षक तारानाथ पौडेलले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post