हँसिया प्रहार गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
crime kaski

पोखरा । कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका ६, लुम्लेका ५७ वर्षीय जुमकाजी बिकलाई पक्राउ गरेको छ । गत कात्तिक २७ गते ९ बजेको समयमा स्थानीय श्रीराम देवकोटालाई उनको घरआँगनमा गई बिकले हसियाँ प्रहार गरेको अभियोग छ । हँसिया प्रहारबाट घाइते देवकोटाको पोखराको मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

पक्राउ परेको बिकलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width