पोखरा । चिल्ड्रेन नेपालको २७ औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा भएको छ ।
संस्थाका अध्यक्ष शान्त पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरका लागि प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाइ राखेका थिए ।
संस्थाको स्थापनादेखि हालसम्म कठिन परिस्थितिमा रहेका हजारौं बालबालिका, युवा, महिला र तिनका परिवारहरुको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएको उनले बताए ।
संस्थाले बालअधिकार प्रवद्र्धन, शान्ति, वातावरण संरक्षण, महिला सशक्तीकरण, दिगो विकास र सामाजिक परिवर्तनको क्षेत्रमा कार्यरत यस संस्थाले आफ्नो स्थापना २०५२ सालदेखि सडक, श्रमिक, दलित, अपांगता लगायत विभिन्न खाले जोखिममा परेका सिमान्तकृत समुदायका बालबालिका, युवा, महिला र तिनका परिवारलाई केन्द्रित गरी सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको उनले बताए ।
संस्थामा यो उपलब्धि प्राप्त गर्नका लागि कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, विभिन्न सहयोगी संघ संस्था सरोकार निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।
साधारण सभामा संस्थाको वार्षिक समाचार पुस्तिका ‘उज्यालोको खोजी २०८०’ को संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यसमिति सदस्यबाट संयुक्त रुपमा विमोचन गरिएको छ ।
संस्थाले कार्य सम्पादन मूल्यांकनबाट यस वर्ष उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका व्यवस्थापन अधिकृत लक्ष्मीदेवी शर्र्मा र सह संयोजक दुमनाथ शर्मालाई प्रशंसा पत्र नगद र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यसै गरी संस्थाको काठमाडांै सम्पर्क कार्यालयमा रहेर आफनो जिम्मेवारी पूरा गर्दै ग्रामीण विकास विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकोमा कर्मचारी बिना तामाङलाई प्रशंसा पत्र नगदबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा सहयोगी संस्था चिल्डे«न–नेपाल डेनमार्कका संस्थापक अध्यक्ष पीर ओर्टभल्टलाई प्रशंसा पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
सोही क्रममा संस्थाद्वारा संचालित सूर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादक महिलाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
२७ औं वार्षिक साधारणसभामा संस्थाको आव २०७९÷०८० को प्रगति प्रतिवेदन संस्थाका महासचिव जयन्द्र भट्टराईले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन र आगामी वर्ष २०८०/०८१ को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुलप्रसाद पौडेलले प्रस्तुत प्रस्तुत गरेका थिए ।
सहभागीहरुलाई कार्य समिति सदस्य कृष्ण प्रसाद खरालले स्वागत गरेका थिए, भने साधारण सदस्यको तर्फबाट मिना भण्डारी र कार्यसमितिको तर्फबाट रामचन्द्र पौडेलले सभामा शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव राधादेवी शर्माले सञ्चालन गरेको साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष भीमलाल गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद् ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
उच्च अदालतको मुख्य न्यायाधीशमा पोखराकी शान्तिसिंह थापासहित ६ जना सिफारिस
फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष
पत्रकार अधिकारीलाई वडाध्यक्षको धम्की, पत्रकार सम्बद्ध संस्थाले गरे निन्दा
लक्ष्मी आधारभूत पूर्व विद्यार्थी मञ्चमा छविराज
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०