पोखरा । बागलुङमा सोमबार राति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजार तर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ पाखेट्टका २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ छिसफाँटका ३२ वर्षीय अश्विन परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिएको छ ।
उद्धार गरेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पुर्याउँदा डाक्टरले दुई जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।
Related News
सम्बन्धित समाचार
तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते
तनहुँमा बस दुर्घटना, ३६ जना घाइते
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा
जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०