भीमलालको ‘समीक्षा संग्रह’ प्रकाशित

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०८०
Book

पोखरा । साहित्यकार भीमलाल लामिछानेको तेस्रो कृति ‘समीक्षा संग्रह’ प्रकाशित भएको छ ।

नोवेल पुरस्कार तथा हिन्दु धर्मको उत्पत्ति र बिस्तार नामक २ कृति प्रकाशित गरेका उनको नयाँ कृति ‘समीक्षा संग्रह’ मा १९ जना लेखकको कृति समीक्षा संग्रहित छ ।

कृतिको केदारेश्वर महादेवमणि सेवाश्रम समितिमा सोमबार एक समारोहबीच लोकार्पण भयो । आश्रमका पीठाधीश स्वामी चिद्धन चैतन्य महाराज, देवघाट आश्रमका विमलानन्द सरस्वती महाराज, ऋषि प्रपन्नाचार्य र नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संयुक्तरुपमा लोकार्पण गरे ।

विश्व हिन्दु महासंघका सहअध्यक्ष शंकर खरालले कृति समीक्षा गरेका थिए ।

स्वामी चिद्धन चैतन्य महाराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्जुन खनालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width