कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख 

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०८०
prakash

पोखरा । भीरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधरोन्मुख रहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थमा केही सुधार भएको, बोलाउँदा सुनेको प्रतिक्रिया दिने अवस्थामा छन् ।

उनको हाल आइसियूमा राखेर उपचार भइरहेको छ। घिमिरेका छोरी  र ज्वाइँ समेत चिकित्सक रहेकाले अस्पताल एवं उपचारमा स‌लग्न विशेषज्ञ चिकित्डासकसँग निरन्तर सम्पर्कमा रहेको मणिपाल मेडिकल कलेजका मेसु डा अभिषेक मास्केले बताए ।

शुक्रबार बिहान पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width