पाल्पाको रानीमहल नजिकै जिप दुर्घटना, ६ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०८०
car.

पोखरा । पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते छन् ।

रानीमहलबाट भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप आइतबार अपराह्न ५ बजे बैठुण्ठे भिरबाट बराङदी खोलामा खसेको हो ।

दुर्घटनामा नवलपुरको देवचुली नगरपालिका वडा १६ का अन्दाजी ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षे बालक इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेशींसहर नगरपालिका वडा २, भकुण्डेकी ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जनाएका छन् । उनका अनुसार दुर्घटनामा चालक नवलपुरको देवचुली १६ रजहरका ३६ वर्षीय ईश्वर लोहनी घाइते भएका हुन् । उनको अवस्था गम्भीर छ ।

दुर्घटनास्थल खोंच र अप्ठेरो भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width