हेम्जामा मोटरसाइकल ठोक्किँदा पालुङटारका ३० शुक्रराजको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०८०
accident

पोखरा । पोखरामा बिहीबार साँझ विपरीत दिशाबाट आउँदै गरेका २ मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ पोखरा २५, फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२(०१६ प ७०८४ नं। को मोटरसाइकल अपसमा ठक्कर खाँदा १ जना व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते अवस्थामा अस्पताल लगिएका गोरखा पालुङटार का ३० वर्षे शुक्रराज श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा राति सवा ८ बजेतिर मृत्यु भएको हो । २ जना व्यक्तिहरू घाइते भएकामा उनीहरुको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width