नेलम्बोको निशुल्क स्वास्थ्य शिविरबाट साढे ७ सय जना लाभान्वित

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०८०
385445970_1545246136245015_6478087051355588362_n

पोखरा । नेलम्बो नेपाल आयोजनामा पोखरा २२, पुम्दीभुम्दीमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित भए ।

वडा कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा ३ दिनसम्म संचालित शिविरमा १० विधामा २ हजार ५ सय ९६ सेवा उपलब्ध गराएको नेलम्बो नेपालले जनाएको छ । शिविरमा जनरल सेवा ५ सय ७०, हाडजोर्नी तथा नसा ३ सय ९८, स्त्रीरोग परीक्षण सेवा १ सय ९०, नाक कान घाँटी सेवा २ सय ६४, दन्त परीक्षण सेवा २ सय ९३, सुगर परीक्षण २ सय ८९, पिसाब परीक्षण सेवा १ सय ७९, भिडियो एक्सरे २ सय ४२ इसिजी २ सय २३, गर्भ परीक्षण १ जनाको भएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले बताए । केही व्यक्तिले २ वा सोभन्दा बढी पनि सेवा प्राप्त गरेका छन् ।

शिविरमा डा. सुदर्शन आचार्य, डा.विनोद बराल, डा.अंकुर केसी, डा.मनीषा बराल, डा.सिजन मर्सानीलगायत स्वास्थ्यकर्मी खटिएका थिए ।

नेलम्बो नेपाल अध्यक्ष एकदेव देवकोटाले आफूहरुको सानो प्रयासमा केही महिनापछि पुनः पुम्दीभुम्दीमा शिविर आयोजना गर्ने अवसर मिलेको बताए ।

वडाध्यक्ष हिमलाल बरालले वडाबासीको स्वास्थ्यमा नेलम्बो नेपालले चासो दिएर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

गण्डकी प्रदेशका सांसद प्रकाश बराल र वडाध्यक्ष हिमलाल बरालले असोज २६ मा शिविरको संयुक्त उद्घाटन गर्दै हरेकले आफ्नो स्वास्थ्यलाई ध्यान दिन आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width