सेभेन ए साइडमा सेमिफाइनल समीकरण

आदर्श समाज सम्वाददाता
असाेज २३, २०८०
football 1

पोखरा । एट टु नाइन गाइज आयोजनामा जारी सेभेन ए साइटड फुटबल प्रतियोगिता सेमिफाइलिस्ट टिमको टुंगो लागेको छ । बि–१३, लामागाउँ, रामघाट र गन्नी एफसी अन्तिम ४ मा पुगेका हुन् । माछापोखरी खेलमैदानमा जारी खेलमा फाइनल प्रवेशका लागि मंगलबार बि–१३ र लामागाउँ तथा रामघाट र गन्नी एफसी भिड्ने छन् ।

पहिलो क्वाटरफाइनलमा बि–१३ ले कमलपोखरीलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । जीतमा नकुल तामाङ र विनय तामाङले समान १ गोल गरे । कमलपोखरीका लागि विनम गुरुङले गोल गरे । म्यान अफ दि म्याच बि–१३ का नकुल तामाङ घोषित भए ।

दोस्रो खेलमा लामागाउँले भुजुङ एफसीमाथि ५–० सानदार जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । म्यान अफ दि म्याचसमेत घोषित लामागाउँका लागि अनुज भण्डारीले ह्याट्रिक गरे । मीन गुरुङ र मनीष क्षत्रीले गोल थपे ।

तेस्रो खेलमा रामघाट एफसीले नदीपुर एफसीलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । जीतमा दिपेश आले नायक बने । २ गोल गरेका उनी म्यान अफ द म्याच घोषित भए ।
अन्तिम खेलमा अनिश तामाङको गोलमा गन्नी एफसीले त्रिशक्ति युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । अनिल म्यान अफि दी म्याच समेत घोषित भए ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width