कास्की क्रिकेट क्लब र अरण्यज्योति विजयी

आदर्श समाज सम्वाददाता
असाेज २२, २०८०
cricket (2)

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब विजयी भएका छन् ।

पहिलो खेलमा कास्कीले राइजिङ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको राइजिङले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङका अनिल गुरुङले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।

अर्को खेलमा अरण्यज्योतिले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको पिसिसीले पूरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्फबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतिका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष शर्माले २ विकेट लिए । अरण्यज्योतिले १७.३ ओभरमा ८ विकेट गुमाएर जीत हासिल गर्‍यो । अरण्यज्योतिको ब्याटिङमा म्यान अफ द म्याच अशेष न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष शर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिकसहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width