प्युठानका २२ वर्षे अनिश वेगनासमा मृत भेटिए

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८०
swim-death-750×430

पोखरा । पोखराको वेगनासतालमा मंगलबार मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्युठानको मालारानी गापा ४ बस्ने २२ वर्षे अनिश श्रेष्ठ मृतावस्थामा भेटिएका हुन् ।

 मंगलबार साँझपख पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित बेगनास तालमा उत्तानो तैरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाबाट  खटिएको टोलीले शव बाहिर निकालेका थिए ।

मृतकको साथमै रहेको झोलामा खानतलासी गर्दा नागरिकता भेटिएपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width