न्यु डायमण्ड २ खेलमा विजयी

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८०
volleyball

पोखरा । न्यु डायमण्ड युथ स्पोर्टर्स क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत २ खेलमा जित दर्ता गरेको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा सुरु लामाचौर तीज महोत्सवअन्तर्गत शनिबार महिलातर्फ सुरु खेलमा डायमन्डले पहिलो खेलमा बुटवलको एभेरेष्ट भलिबल क्लबलाई ३–० सेटमा हरायो । उसले २५—११, २५—१५,२५—१६ को सेटमा पराजित गरेको हो । अर्को खेलमा ३–२ सेटमा सशस्त्र प्रहरी बल एपिएफको टिमलाई हरायो । पहिलो २ सेट आफ्नो पोल्टामा पारेको डायमण्डले अर्का २ सेट गुमाएको थियो । पाँचौ तथा अन्तिम सेट कमब्याक गर्दै जित आफ्नो पक्षमा पारेको हो । जसमा २५–२०, २५–१८, १८–२५, २२–२५ र १५–५ सेट निस्केको थियो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले अर्को विभागीय एपिएफलाई ३—२ को सेटमा पराजित ग¥यो । पुलिसले एपिएफमाथि २३—२५, २५–२२, २५–२०, २३–२५ र १५–१३ को सेटमा जित दर्ता गरेको हो । पुरुषतर्फ नै अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङको गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेट २५—२३, २९—२७ र २५—२० सेटमा पराजित ग¥यो ।

अर्को खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेट २५—१८, २५—१८ र २५—२० को सेटमा पराजित गरेको छ । प्रतियोगिता राउन्ड रोविन लिग आधारमा खेलाइएको रेफ्री टहलसिंह थापाले बताए । शुक्रबारदेखि सुरु भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

महिला र पुरुषतर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेतालाई जनही १ लाख र तेस्रोलाई जनही ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लब अध्यक्ष स्वागतसिंह भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width